'मन त बुढो हजुर हुन्न रैछ नि' बोलको चुट्का गीत सार्वजनिक
News Desk
Nov-17 तारिख 01:55 बेलुका

काठमाडौँ ।  गीतकार सुक बहादुर गुरुङ आफैमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने उत्कृस्ट सर्जक हुन। उनले हालै मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा ) (चुट्कागीत सार्वजनिक गरेका छन । गीतकार गुरुङले आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु सिर्जना गरिसकेका छन । उनले महसुस – १ , महसुस -२ गीती एल्बमका साथै धेरै ख्याती प्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर दिएका छन । गिती एल्बम लाई निरन्तरता दिने क्रममा उनले यो पटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस -३ मा समेटेका छन ।”मन त बुढो हजुर हुन्न रैछ नि” गीतमा गीतकार गुरुङले सबैको जिबनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीत मार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन ।

जसमा प्रख्यात बरिष्ठ गायक राजेश पायल राइ, चर्चित गायिका तारा सिरीष मगर लगाएत कलाकारहरुको मिठो स्वरले सजिएको छ । यस कौडामा आधारित गीतमा कुशल गायक तथा संगीतकार राम कुमार गुरुङ (आर के) को मिठो संगीत रहेको छ । यस गीतमा मनाङ गुरुङको निर्देशन र सन्तोषी गुरुङको रोचक नाचको कोरियोग्राफ देख्न सकिन्छ। जसमा गुरुङ फिल्मका चर्चित बरिष्ठ कलाकारहरु माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनयले गीतको भिडियो सुन्दर बनेको छ । गुरुङ संस्कार संस्कृति झल्किने पोशाक सहित तमु समाज तनहुँ काठमाडौंको आमा बाबाहरुको सहभागीताले नेपाली मौलिकताको नमूना मुखरित भएको छ गीतमा । उक्त गीतको छायाँकारमा नबराज उप्रेती रहेका छन भने बिष्णुहरी तिमल्सिनाले भिडिओ सम्पादन गरेका छन । समग्रमा गीतले धेरै दर्शक स्रोताहरुको मन जित्न सफल हुने छ भन्ने कुरामा गुरुङ आशवादी रहेका छन । सफल ब्यावसायी गुरुङको संगीत सौखिन भए पनि उनले लेखेका सबै गीतहरु उत्कृस्ट बनेका छन ।

गुरुङले “मन त बुढो हजुर हुन्न रैछ नि” भन्ने गीतमा आफूले सबैको जिबनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीत मार्फत प्रस्तुत गर्ने प्रयास गरेको बताए । उनले आफ्ना पुराना गीतहरुजस्तै यो गीतलाई पनि सवैले मन पराई दिनु हुनेछ भन्ने आशा गरेको बताए ।

 

धेरै पढिएको