मिस युनिभर्समा सहभागी भएर नेपाल फर्केकी जेन दीपिकाको नेपालमा भव्य स्वागत
News Desk
Dec-13 , 2023 तारिख 01:25 बिहान

मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ज्ञ्ारेट नेपाल आईपुगेकी छिन । म​ङ​ल​बार राती नेपाल आईपुगेकी दीपिका ज्ञ्ारेटलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई मिस युनिभ​र्स​ नेपाल​को आयोज​क स​न्स्थाको त​र्फ​बाट  सरोज ओझाले  राष्ट्रिय झण्डा ओडाएर , बुकि, माला र​ खादास​हित   उन​को स्वागत गरे । सो अवसरमा संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स जस्तो प्रतिष्ठित अन्तराष्ट्रिय मंचमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशूस भएको उनले बताईन । साथै उनले ंप्लस साइज मोडलं को रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाहले दिएको स्थानको सम्मान गर्न चाहेको उल्लेख समेत गरिन । 

मिस युनिभर्स २०२३ मा सहभागीतासँगै दिपिकाले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन। सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए।

मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचेकी उनको आत्मविश्वासको पनि सर्वत्र चर्चा भैरहेको छ। खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको खुबै प्रशंसा भएको थियो।

अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी छन। जेन दिपिका ज्ञ्ारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताउदै आएकी पनि छिन । पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी  २२ वर्षिया दिपिका ज्ञ्ारेटले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन।

उमंग क्रियसन प्रालिद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२३’ मा बिजेता बन्दै उनले मिस युनिभर्स २०२३ मा सहभागिता जनाएकी थिईन । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी छिन । प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप भइन भने अष्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप भइन ।

धेरै पढिएको