७१ औं संस्करणको मिस वर्ल्ड प्रतियोगिता मंगलबारदेखि भारतको राजधानी दिल्लीमा सुरु
News Desk
Feb-21 तारिख 01:36 बेलुका

 काठमाण्डौ । ७१ औं संस्करणको मिस वर्ल्ड प्रतियोगिता मंगलबारदेखि भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरी सहभागी छन् । 

नेपालको प्रतिनिधित्व गर्दै प्रियंकारानी जोशीले उद्घाटन समारोहमा आफ्नो परिचय दिएकी थिइन् । गुन्यूचोलो र छड्के तिलहरि लगाएर नेपाली परम्परागत पोशाकमा सजिएकी प्रियंकाले आफ्नो परिचय दिंदै भनिन्, ‘हेलो, नमस्ते, जोजोलोपा । म प्रियंकारानी जोशी विश्वको ताज र सर्वोच्च शिखर सगरमाथाको भूमिबाट आएकी हुँ ।’

सबै प्रतिस्पर्धी सुन्दरीले आफ्नो मुलुकको संस्कृति झल्काउने पोशाक प्रस्तुत दिए। फेब्रुअरी १८ देखि मार्च ९ सम्म हुने यो मिस वर्ल्डको फिनाले भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा हुँदैछ।

उद्घाटनपूर्व सबै प्रतिस्पर्धी सुन्दरीले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरे  । उनीहरुले गान्धी राष्ट्रिय संग्रहालय पनि भ्रमण गरेका छन् ।

धेरै पढिएको