केकीको फिल्म ‘बोक्सीको घर’ को टिजर सार्वजनिक
News Desk
Mar-10 , 2024 तारिख 06:22 बिहान

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ को टिजर सार्वजनिक गरिएको छ। मुख्य कलाकार केकीसहित सुलक्षण भारती र स्वेच्छा राउत लगायतलाई टिजरमा देख्न सकिन्छ।

अन्धविश्वासको आडमा एक महिलालाई बोक्सीको आरोप लगाउनेदेखि समाजले गर्ने अन्याय र शोषण वरिपरि टिजर घुमेको छ।

सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन।

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ माथि रहेर बनाइएको हो।

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन। फिल्ममा केकी, स्वेच्छा, सुलक्षणसहित रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।

केकी स्वयम निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन। यो फिल्म आगामी वर्षको वैशाख १४ गतेबाट रिलिज हुँदैछ।

 

धेरै पढिएको