नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको जय जय माया बोलको गीत  सार्वजनिक
News Desk
Mar-24 , 2024 तारिख 01:36 बिहान

काठमाण्डौ – चर्चित  गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको जय जय माया बोलको गीत  सार्वजनिक भएको छ। नया मोडल कृस्टिना अधिकारीको अभिनय सहित गीत सार्वजनिक भएको हो । 

 नन्दु परियारको संगीत बिक्रम विश्वकर्माको शब्द लेखनमा रहेको  यो गीतले दर्शकको माया जितेको छ। 

पछिल्लो समयमा दर्शक श्रोताले अत्यधिक मन पराउने गरेका गायक नेत्र भण्डारी र  गायिका शान्ती श्री परियारका एक पछि अर्को गीत बाहिरीएका छन।

त्यस्तै नया मोडल तथा अभिनयकर्ता कृष्टिना अधिकारी अभिनय र नाचमा अब्बल मोडलको रूपमा उदाउने दाबी निर्माण टोलीको छ।

हजारौं गीत भिडीयो  बजारमा पठाईसकेका गायक भण्डारीले जय जय मायालाई पनि दर्शकले त्यतिकै मन पराईदिने अपेक्षा राखेका छन । कृष्टिनाले यो गितको भिडीयोमा नयापन दियेको देख्न सक्किन्छ। उनब्ले डान्स सिकेर आफ्नो पढाइलाई पनि सँगै अगाडी बधाएकी छिन । 

नन्दु परियार आफैमा संगीतकार मात्र नभै मीठो गाउने गाउने गायक हुन। तर उनले स्वर भन्दा पनि धेरै गीतमा संगीत भर्ने काम गरेका छन। 

आफुले धेरै गीतमा संगीत गरेपनि नन्दनी बोलको गीतले दर्शकसामु आफुलाई चिनाउने गरेको राज्य दैनिकसङको सम्वादमा उनी बताउँछन। 

रिजन नेपालको अफिसियल युटुबबाट बजारमा पठाईएको जय जय माया बोलको गीतले पनि अघिल्ला संगीत जस्तै दर्शकबाट माया पाउने उनको दाबी छ ।  

मौसम हिमालीको निर्देशन कोरियोग्राफि,नवराज उप्रेतीको छायांकन रहेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन।

गीतको भिडियोमा कृस्टिना अधिकारीसहित नायक पुस्प खड्काको अभिनय रहेको छ।

मोडल कृष्टिनाले यो गित र भिडीयोलाई दर्शकले मन पराईदिनेमा आशावादीभएको बताईन । 

https://youtu.be/K4FQHqcvR0w?si=zL3HJ9pMFjPa8QYW