अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग बिहे गर्दै एलिना
News Desk
Mar-25 , 2024 तारिख 04:48 बेलुका

गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन। अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन। वैशाख ५ गते विवाह तय भएको विष्णुले सेतोपाटीलाई जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो। 

दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन। 

झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन।

एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन। ंके माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छुं जस्ता गीतहरू उनका निकै चलेका गीत हुन। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन। उनी गीतसंगीतमा समेत सक्रिय छन। 

क दर्जन बढी गीत लेखेका उनले एलिनासँग गीतमा स्वर समेत दिएका छन। पछिल्लो समय यी दुईको ंब्रेकअपं को चर्चा समेत चलेको थियो।

 

धेरै पढिएको