लाईभ सांगितिक प्रस्तुतिका लागि बलिवुड गायक एवम र्यापर मेलो डी नेपाल आउदै
News Desk
Mar-26 तारिख 07:01 बेलुका

काठमाडौं । एल एण्ड एन एजेन्सीले प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डीलाई नेपाल भित्राउने भएको छ । आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डीलाई एल एण्ड एन एजेन्सीले नेपाल भित्राउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले असाधारण प्रस्तुतीको अपेक्षा व्यक्त गर्दै यस विषयमा जानकारी दिन पाउँदा रोमाञ्चकता महशुश गरेको बताए ।

विश्वस्तरिय असाधारण ईभेण्ट व्यवस्थापन कौशलका लागि परिचित एल एण्ड एल एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पस्कदै आएको छ विगतमा ६ सय भन्दा बढि उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको यस एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ । जसले धेरै हिट गीतहरू पस्कदै बलिउड उद्योग मार्फत संगीत उत्साहीहरूको हृदयमा अमिट छाप छोडेका छन्।

त्यसो त, एल एण्ड एल एजेन्सी मेलो डीको आगमनको उत्सुकतापूर्वक पर्खाइमा रहेका नेपाली प्रशंसकहरूलाई प्रस्तुत गर्न आतुर रहेको एजेन्सीका प्रबन्ध निर्देशक कायस्थ बताउँछन् । दर्शकहरूलाई मोहित पार्दै एक अविस्मरणीय क्षण सिर्जना गर्न बिशेष तयारीमा जुटेको उनले राज्यदैनिकलाई सुनाए । 

 

आफूलाई बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरहरू मध्ये एकको रूपमा स्थापित गरेका मेलो डी युवा पुस्ता माझ लाइमलाइटमा छन्। ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चार्ट टपिङ हिट गीतहरू दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन् । समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने उनको अद्वितीय शैलीले आलोचनात्मक प्रशंसा र प्रशंसा दुवै उनले कमाएका छन्। न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ।

सहभागीहरूले मेलो डीको असाधारण प्रतिभाको रोमाञ्चक संगीत र मनोरञ्जनले भरिएको रातको आनन्द लिने अवसर पाउनेमा उनी विश्वस्त छन्। विगतको अनुभव का साथ व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता कायस्थ व्यक्त गर्छन् । आगामी कार्यक्रम उत्कृष्ट बन्ने अपेक्षा राखेको उनी बताउँछन् । नेपाली संगीत प्रेमीहरू मेलो डीको प्रस्तुती हेर्न उत्सुकतापूर्वक पर्खाईमा रहने दाबी गर्दै कायस्थ भन्छन् 'सबैभन्दा प्रत्याशित न्यू इयर नाइट इभेन्ट, मेलो डीले निसन्देह आफ्नो सनसनीपूर्ण संगीत र स्पेलबाइन्डिङ करिश्माले मञ्चलाई प्रज्वलित गर्नेछ'।