News Desk
यतिखेर बजारमा यौटा सुन्दर बालगीत सार्बजनिक भएकोछ। कवि तथा गीतकार मुकुन्द पौडेलले रचना गर्नुभएको उक्त गीतको म्यूजिक भिडियो चर्चित सङ्गीत संयोजक एवं गायक शाहस शाक्यको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।
उक्त गीत शाक्यकी नौ वर्षिय छोरी सुदेश्ना शाक्यले गाएकी हुन। डि ए वी स्कूलमा कक्षा तीनमा अध्ययनरत बाल गायिका सुदेश्नाको स्वरमा रहेको यस गीतका बारेमा रचनाकार पौडेलको भनाई छ कि ठूलो संख्यामा रहेका भबिश्यका कर्णधार बालबालिकामा अन्तरनिहित रहेको प्रतिभालाई उजार गर्नु आवश्यक छ। उहाँको भनाइ छ यदि राम्रो मौका पाए र उपयुक्त बातावरण पाए भने बालबालिकाले पनि सबै क्षेत्रमा योगदान दिन सक्दछन् भन्ने उदाहरण पनि हो यो।
आफुले रचना गरेका शब्दलाई शाहसले मीठो संङ्गीत संयोजन गर्नु भएको र सुदेश्नाले सारै कर्णप्रिय स्वर दिएकोमा आफु ज्यादै हर्षित रहेको बताउनु भयो। धेरै लामो समयदेखि आफु सङ्गीत साधनामा रहेको र त्यसको प्रभाव छोरीमा परेको कारणले नै उनले गीत गाउन सकेको सुदेश्नाका बुबा शाहसको भनाई रहेको छ।