News Desk
काठमाडौं– पाँचौ औं संस्करणको लिटल मिस एन्जल नेपाल– २०२४ को आवेदन फाराम बुधवारदेखि खुल्ला हुने भएको छ । आयोजक कलश इभेन्ट्सले लिटल मिस एन्जल नेपाल २०२४ मा सहभागिताका लागि आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।
लिटल मिस एन्जल नेपाल– २०२४ को ग्रान्ड फिनाले भने आगामी जेष्ठ २६ गते जमल स्थित संस्कृतिक संस्थान ९ नाच घर ० को प्रेक्षालयमा आयोजना हुने कलश इभेन्ट्सका अध्यक्ष संजय महर्जनले जानकारी दिएका छन् ।
बालिकाहरुको प्रतिष्ठित यस लिटल मिस एन्जल नेपाल ईभेण्टमा मा ९ देखि १३ वर्ष सम्मका बालिकाहरुले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका अडिसन हुनेछ । आगामी जेठ ५ गते अभिभावक तथा सहभागी बालिकाहरुको उपस्थितिमा कार्यक्रमका बारेमा प्रारम्भिक जानकारीमुलक कक्षा सञ्चालन गरिने महर्जनले बताए ।
प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई नगद पुरस्कार सहित विजेता अवार्ड र विभिन्न गिफ्ट हम्परहरुबाट पुरस्कृत गरिने पनि महर्जनले जनाएका छन् ।