गायिका एलिनाले विष्णु सापकोटासँग कसिन लगनगाँठो
News Desk
Apr-17 , 2024 तारिख 01:36 बेलुका

गायिका एलिना चौहान वैवाहिक जीवनमा बाँधिएकी छन l अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका गीतकारसमेत रहेका विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन।

बुधबार झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा चलिरहेको विवाहमा दुवै पक्षका परिवार, आफन्त, साथीभाइ सहभागी छन। 

गायिका रचना रिमाल, मेलिना मैनाली, एन्जिला रेग्मी, मोडल विजय पुन, जुम्ल्याह मोडल स्मारिका र समारिका ढकाल लगायत कलाकारहरू बिहेमा उपस्थित छन। 

झापाकी एलिना र बागलुङका विष्णुले केही समयको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा बिहेमा परिणत गरेका हुन। 

एलिना पछिल्लो समयकी निकै चर्चित गायिका हुन। 

एक दर्जन बढी गीत लेखेका विष्णुले एलिनासँग ंबाजा तालमां बोलको गीतमा स्वर समेत दिएका छन।

धेरै पढिएको