राष्ट्रिय संगीतकर्मी संघको छैठौं अधिवेशन सम्पन्न
News Desk
May-12 , 2024 तारिख 06:18 बिहान

काठमाडौं, राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भइ शनिबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यो अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरे । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट कलाकारहरु काठमाडौं आई सहभागी भएका छन ।

संघको कार्यवाहक अध्यक्ष प्रकाश कटवालको सभापतित्वमा सम्पन्न १८ औं वार्षिक साधारणसभाको उदघाटन समारोहमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायत संघ संस्थाको आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो समारोहमा राष्ट्रिय संगीतकर्मी संघका महासचिब अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो संघमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाहरु आबद्ध रहेको बताए । आफु महासचिब हुँदाको अबस्थामा संघमा उल्लेख्य प्रगतिको कार्य भएको बताउँदै महासचिव खातिले सोबारे प्रकाश पारे ।

कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय संगीतकर्मी संघका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पुर्याएको बताए । कलाकारहरुको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रसँसनीय भएको बास्कोटाले बताए ।

कार्यक्रमका विशिस्ट अतिथि, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगालेले संघको १८ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवशेनले कलाकारहरु जुटेर अघि बढ्न सक्छन भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । संघको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने जनाउदै प्रतिष्ठान र संघ एउटै आमाको दुई सन्तान भएको बताईन ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी र चन्द्र शर्माले पनि संघको १८ औं वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले आफु सँधै कलाकारहरुको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफुले त्यहाँका कलाकारको समस्या बुझेकाले ती समस्या समाधानको लागि क्रियाशिल रहेको जनाए । अहिले बजारमा संघबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफु एकताको पक्षमा रहेको कार्यवाहक अध्यक्ष कटवालले बताए । यो अधिवेशनमा अध्यक्षको दावेदारी प्रस्तुत गरेका कटवालले आफु संघमा रहेर कलाकारहरुको सेवामा निरन्तर लागि पर्ने बताए ।

नौमती बाजाले समारोहमा अतिथिहरुलाई स्वागत गरिएको थियो । देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।

कार्यक्रममा बरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ,ग्रीनसिटि अस्पतालका अध्यक्ष एल बि टन्डन,साझासवाल मिडियाका सम्पादक अनिल अधिकारी,न्युजलाईन्स मिडियाका राजु भट्टसहित संघलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

संघको अधिवेशन अन्तर्गत शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बन्दसत्रको कार्यक्रम रहेको छ । शनिबार बेलुका हुने निर्वाचनबाट संघमा नयाँ कार्यसमिति चयन हुने यसका कार्यवाहक अध्यक्ष कटवालले बताए ।

धेरै पढिएको