News Desk
काठमाडौं ,७ बैशाख २०८१ । शाह इन्टरटेन्मेन्टको प्रस्तुतीमा किड्स रन वे सिजन २ को वेलकम ओरिएन्टेस्न कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । वैशाख ५ गते शनिबार इन्द्रेनी फुड वल्र्र्डमा आयोजित कार्यक्रम माझ लभिन अन्सारी (फेसन कोच),टिना थापा (म्यानेजिङ्ग डाइरेक्टर) र उमेश के सि (मोटिभेशनल स्पिकर) जस्ता व्यतित्वहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा भर्ना धमाधम भएरहेकोले उक्त सिटको लागि छिटो भन्दा छिटो सम्पर्क गरि आफ्नो आफ्नो आवेदन पेश गर्न शाह इन्टरटेन्मेन्टकी म्यानेजिङ्ग डाइरेक्टर टिना थापाले जानकारी दिनुभएको छ। हामी अझै ठुलो र राम्रो संस्करणको साथ फर्किएका छौं। 'हामीले फेसन उद्योगको चिन्तालाई सम्बोधन गर्ने भन्ने विश्वासका साथ प्रतिस्पर्धालाई पुनस् आकार दिने उद्देश्यका साथ किड्स रन्वे सिजन(२ सञ्चालन गर्दैछौं र सबै व्यक्तिहरूलाई सँगै इतिहास बनाउन स्वागत गर्दछौं' उहाँले भन्नुभयो ।
शाह इन्टरटेन्मेन्टले नेपाली समुदायमा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवर्द्धन गर्दै आएको छ । जसलेआकांक्षी कलाकारहरू र मोडेलहरुलार्इ उनीहरूको लुकेका प्रतिभाहरू प्रदर्शन गर्न र बजारमा एक्सपोजर प्रदान गरेर उनीहरूलाई बढावा दिदै आएको छ । अवसरहरू बढाउन योगदान पुर्याउँदै आएको यस कंपनीले ७ वर्षहरूमा यसले धेरै युवा प्रतिभाहरुलाई मोडेल, किड्सहरु, अभिनेता र मिडिया व्यक्तित्वहरूको रूपमा आफ्नो करियर फस्टाउन टेवा पुर्याएको छ । जसको मुख्य आकर्षण किड्स रन वे सिजन २ हो । जसमा ४ देखी १६ वर्ष उमेर सम्मका बालबालिबाहरुले भाग लिन पाउने छ्न्। विगत ७ वर्षको अन्तरालमा धेरै इभेन्टहरु सफलता पुर्वक सप्पन्न गर्दै आएको शाह इन्टरटेन्मेन्टले नेपाली उद्योगमा धेरै जसो कलाकारहरूले आफ्नो नाम कमाउन सफल भएको पनि छ ।