लिटल मिस एन्जल नेपाल २०२४ को अभिमुखीकरण कार्यक्रम सम्पन्न 
News Desk
May-21 , 2024 तारिख 11:18 बिहान

लिटल मिस एन्जल नेपाल २०२४मा विभिन्न बिद्यालयका ९ देखि १३ वर्ष उमेर समुहका बालिकाहरुलाइ जम्मा २० दिनको तालिम अवधिमा साइबर अपराध तथा सुरक्षा ,बाल यौन दुर्ब्यबहार, व्यक्तित्व विकास, नेतृत्व विकास, स्टेज प्रस्तुतिकरण, विपद व्यवस्थापन, ट्र«ाफिक सुरक्षा,सार्वजनिक भाषण, नृत्य कला , मेंसुरेशन हाईजिन,व्यक्तिगत स्वच्छता, पौष्टिक आहार,संस्कृति तथा सम्पदा लगायतका विधामा प्रशिक्षण गराइने जानकारी कलश इभेन्ट्सका अध्यक्ष संजय महर्जनले दिनुभयो। 

आवेदन शुल्क रु ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एम के एम फेसन हाउसका उत्कृस्ट डिजाइनर द्वारा डिजाइन गरिएको एक सेट प्रिमियम पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी-सर्ट प्राप्त गर्नेछन। व्यावसायिक प्रसिद्ध फोटोग्राफरद्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिईनुका साथै तालिम अवधिभर खाजाको व्यवस्ता गरिएको निर्देशक बर्षा महर्जनले जानकारी दिनुभयो ।  यस वर्ष लिटल मिस एन्जल नेपालका प्रतिस्पर्धीहरुले नेपा डान्स एकेडेमीका कुसल प्रतिभावान प्रशिक्षक सितु महर्जनको कोरियोग्राफीमा आगामी ग्रान्ड फिनालेमा नृत्य प्रस्तुत गर्ने छन्।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ६  आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २६  गते शनिबार  हुनेछ । फेसन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्रफिमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश १५  हजार, १०  हजार र ५  हजार नगद सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

धेरै पढिएको