News Desk
काठमाडौं । बरिष्ठ नृत्य निर्देशक महेश केसी सम्मानित हुनुभएको छ। उहाँलाई कल्चरल फाईन आर्टस फेडेरेशन भारत एवम् पिस कल्चर ग्रुप नेपालले नेपाल भारत कला तथा साँस्कृतिक नृत्य महोत्सव माझ उक्त सम्मान समर्पण गरेको हो ।
नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित उक्त समारोह माझ केसीसहित बरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकार एवम् बरिष्ठ नृत्य निर्देशकद्वय नारायणदेवी प्रधान तथा श्याम खडगी र बरिष्ठ चरित्र अभिनेता मदनदास श्रेष्ठ सम्मानित हुनुभएको छ । उहाँहरुलाई कला तथा नृत्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै उक्त सम्मान दिईएको जनाईएको छ ।