लम्जुङ्गे संगीतकार एवं गीतकार लक्ष्मण पोखरेलको शब्द र संगीतमा प्रमोद खरेलको स्वरमा आँसु दिएर बोलको गीतको भिडियो सार्वजनिक
News Desk
May-27 , 2024 तारिख 08:18 बेलुका

१४ जेठ, काठमाण्डौ । युवा संगीतकार तथा गीतकार लक्ष्मण पोखरेलको शब्द र संगीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीत आँशु दिएर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अजय कार्कीको रेकर्डिगं र मिलन शंकरको निर्दशन तथा छायांकन म्युजिक भिडियोमा मल्लिका राजोपाध्यया, जितेन ताम्राकार, सुगत कारान्जीत, श्री पाँच लगायतका कलाकारहरुले अभिनय गरेका छन् । मनोज चौलागाईको संगीत संयोजन रहेको गीतलाई चर्चित वरिष्ठ ध्वनि सम्पादन प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।

गीतलाई मिठास ल्याउन र म्युजिक भिडियो बनाउनमा कुनै कम्प्रोमाईज नगरिएकोले गीतले छोटो समयमा दर्शक श्रोताहरुको मन जितीरहेको संगीतकार तथा गीतकार पोखरेलले बताएका छन् । धेरै समयपछि एउटा मिठो गीत दर्शक श्रोता माझ ल्याउन पाएकोमाुु गायक प्रमोद खरेल पनि खुसी व्यक्त गर्दै गीत लामो समयसम्म चल्नेमा आफु आशावादी भएकोुु बताए ।

पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक प्रमोद खरेलको स्वर  र म्युजिक भिडियोले गीतलाई जिवन्त बनाएको छ ।

धेरै पढिएको