मिस्टर एण्ड मिस एस.ई.ई. फेसनिष्टा २०२४ को उपाधि प्रिन्स र हिडिलाई 
News Desk
Jun-20 तारिख 12:18 बेलुका

काठमाडौँ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा २०२४’ को फाईनल प्रतिस्पर्धा सम्पन्न भएको छ। द राईजिङ क्रियसनको आयोजनामा सम्पन्न यस मिस्टर एसईई फेसनिस्टा २०२४ को शिर्ष उपाधि प्रिन्स गुरुङ्गले जितेका छन् भने मिस एसईई फेसनिस्टा २०२४ को ताज हिडि गुरुङ्गले पहिरिएकी छन् । अन्य प्रतियोगीहरुलाई पछि पार्दै गुरुङ्गद्धयले प्रतियोगिताको शिर्ष उपाधि चुमेका हुन् । 

विजेताद्वयले विभिन्न आकर्षक गिफ्ट ह्याम्परसँगै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायत विभिन्न मोडलिङ सम्वद्ध क्षेत्रहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरहरु प्राप्त गरेका छन् ।

शुक्रबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा अदिप राना मगर र जेसिका तामाङ्ग फस्ट रनरअप, समुन्द्र शर्मा र अविगेलीे गुरुङ्ग सेकेन्ड रनरअप  घोषित भए । त्यस्तै आकृती शेर्पा अर्गनाईजर चोईस र भूमिका सिंह ब्राण्ड एम्बासडर र अविगेली गुरुङ्ग पब्लिक च्वाईस घोषित भए । सबै विजेताले विभिन्न विभिन्न गिफ्ट र उपहारसमेत हात परेका छन् । 

प्रनिमा दाहालले संचालन गरेको प्रतियोगिताको केरियोग्राफी आर्शु महर्जनले गरेका थिए । प्रतियोगिताको कोअर्डिनेटर उर्गेन घलान र मेन्टर सुमन घलान रहेका थिए।

एसईई दिएर बसेका छात्रछात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आफूले सोचेभन्दा उत्कृष्ट तवरले सम्पन्न भएको र अब लगत्तै  ‘टीन एजर’ सम्वद्ध अर्को प्रतियोगिता आयोजनाको तयारीमा रहेको आयोजक संस्थाका सिईओ सागर मगरले जनाए।

धेरै पढिएको