'फेश अफ राजधानी संस्करण -३' र 'किड्स नेपाल संस्करण -२' को घोषणा 
News Desk
Jul-03 तारिख 03:08 बेलुका

काठमाडौं । पुरुष र महिलालाई लक्षित गरेर  ‘फेस अफ राजधानी ३’ यस बर्षपनि आयोजना हुने भएको छ । काठमाडौंको भि ए स इन्ट कलेजमा आयोजीत कार्यक्रममा ‘फेस अफ राजधानी ३’ को आवेदन खुल्ला गरिएको जानकारी गराइयो । सन् २०२० देखी नेपालमा आयोजना हुँदै आएको यस प्रतियोगीता नेपालका लागी यस बर्ष पनि हुने आयोजक साह स्टुडियो एन्ड कम्पनीको  डिरेक्टर मोनु साहले जानकारी दिनुभयो ।

साहका अनुसार प्रतियोगीतामा १७ देखी २८ बर्ष उमेरका पुरुष र महिला फेश अफ राजधानीमा सहभागी हुन सक्नेछन् । भने किड्स नेपालका लागि ६(१६ सम्मका किड्सहरु सहभागी हुन सक्नेछन् । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने आयोजक कंपनीले बताएको छ । 

‘फेस अफ राजधानी ३’ किड्स नेपालका लागी यहि असार १७ गतेदेखी सहभागी हुन चाहनेले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  यसका लागी अडिसन गर्ने तयारी पनि  भइरहेको साहले बताउनुभएको छ । छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी २५ दिनको तालिम दिइने र देशका ख्याती प्राप्त प्रशिक्षकहरुद्धारा तालिम दिइने पनि उहाँले जानकारी गराउनुभएको छ ।

सहभागी हुनेहरुमध्ये आगामी राउन्डका लागि हुने फिनालेमा जजहरुको मुल्यांकन र भोटिङबाट तीनजना बिजेता घोषणा हुनेछन् । र तीन बिजेताहरु मुम्बईमा आफ्नो देशलाई चिनाउन जाने अवसर पाउने आयोजक कंपनीले जनाएको छ।

धेरै पढिएको