फेस अफ तामाङ किड्स २०२४ अनलाइन फारम खुल्ला
News Desk
Jul-07 , 2024 तारिख 04:59 बेलुका

काठमाडौं । युथ क्रिएसन नेपालको आयोजनामा  फेस अफ तामाङ किड्स २०२४ आयोजनामा आउने भएको छ। शुक्रबार स्हेनोर हाउस बौद्व जोरपाटीमा पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम आयोजना बारे जानकारी दिईएको हो । 

तामाङ इतिहासमै पहिलोपटक हुन लागेको  फेस अफ तामाङ किड्स २०२४ पहिलो संस्करण हो । यस कार्यक्रमले तामाङ बालबालिकाहरुको अनुहारलाई विश्व सामु पुर्याउने, तामाङ समुदायको कला संस्कृति, भाषा, भेषभुषा, रहनसहन, जातियता र साँस्कृतिक परिवेशको महत्व, गरिमा र आवश्यकतालाई उजागर गर्ने युथ क्रिएसन नेपाल अध्यक्ष रवि लामाले बताएका छन् । कार्यक्रमले तामाङ संस्कृति बारे बालबालिकाहरुमा जानकारी, चेतना र जागरुकता वृद्धि गर्नुका साथै बालबालिकाहरुमा निहित अन्तर्निहित प्रतिभा, आत्मविश्वासको विकासलाई सशक्त तुल्याउने पनि उनले बताए।

फेस अफ तामाङ किड्समा सहभागीताका लागि  फेस अफ तामाङ किड्सको पेजबाट अडिसनको अनलाइन फारम खुल्ला भइसकेको छ। फारमको शुल्क रु १ हजार निर्धारण गरिएको आयोजक संस्था युथ क्रिएसन नेपालले जनाएको छ।

अडिसनमा ६ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुले जनाउन पाउँनेछन् । कार्यक्रममा सहभागिहरुले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, संचारकलाको विकासका साथै समग्र स्टेज प्रस्तुतिकरण सम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रममा विजेता, उपविजेता लगायत विभिन्न विधामा सहभागिहरुलाई पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, तामाङ चलचित्र चर्चित नायक एवम् निर्देशक अमिर दोङ, नेपाल तामाङ संस्कृतिक 
घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, तामाङ चलचित्र संघ वाग्मती  प्रदेशको अध्यक्ष दावा फिन्जो तामाङ, म्हेन्दोमाया कलाकार संघका अध्यक्ष अरम्बा तामाङ युथ क्रिएसन नेपाल रवि लामा लगायत पत्रकार संञ्चारकर्मीहरु उपस्थिति रहेको थियोे ।