काठमाण्डौ । “तिम्रो साथमा हराउन मन छ मलाई सँधै भरी...साउने झरी मायाको डोरी सुरमा सङ्गीत भरी .. हो हो सुरमा सङ्गीत भरी .. शब्द रहेको श्रावण महिना पहिलो सोमबारका दिन रिलिज भएको पिरतीनगरी नामक गित राजु भट्टराईले लिएर आएका हुन् । आफ्नै शब्द, सङ्गित र स्वरमा राजु भट्टराईले भर्खरै पस्केका यो गित धेरै मिठो र गहकिला शब्दले भरिभूर्ण छ । गीत मार्फत धेरै कुरा बताउन खोजेको गितका शब्दबाट भान हुन्छ । राजु भट्टराई कुशल डिजाइनर, प्रशिक्षक, लेखक, समाजसेवी हुन् । हाल उनि ग्लोबल कलेज इन्टरनेशनलमा क्रियटिभ र डिजीटल मार्केटिङ म्यानेजर पदमा कार्यरत छन् । आफुसँग भएको कलालाई फराकिलो बनाउने उनको यो कदमलाई सम्मान गर्नु पर्दछ । उनको यो साङ्गेतिक यात्रा अझै प्रभावकारी बन्दै जाने र सबैको मन छुन सक्ने गित सङ्गीत पस्कने उनको उठोट विश्वास आफुमा रहेको भट्टराई बताउँछन । आगामी दिन अझै उत्कृष्ट गीत, सङ्गितलाई श्रोतामाझ पस्कने उनको जमर्काे रहेको देखिन्छ । उनले अर्काे गितको तयारीमा लागेको छु, यसमा सबै मेरा सुभचिन्तक र सहयोगीहरुको समर्थनले नै मलाई धेरै विश्वास दिलाएको उनी बताउँछ ।
“मायाले हेर्यो नजर जोडी नफुकिने गरी चरी झै उडि बादल पारी पिरतीनगरी ।
सङ्गित त्यो धुन हो जसको इसारा, अर्थ र भावहरुले हामीलाई आनन्दीत बनाउँछ अनि प्रेरणा पनि दिन्छ । पिरती नगरीनामको गित ‘मलाई यसको प्रेरणा दिने अभिभावक, परिवार, सम्पूर्ण मित्रहरु हुन् । उहाँहरुलाई सम्मान र धन्यवाद दिन चाहन्छु’ उनले उत्साहीत हुँदै भने ।
“तिमीलाई साथ दिनेछु सधैँ छायाँ बनेर... तिम्रो मुस्कान जिवनको यो मायालाई छानेर
अर्थ र भाव अनि गहकिला शब्दहरुले भरिएको राजुको पिरतीनगरीले जो कोहिको मन छुन सक्दछ । भट्टराईको पिरतीनगरीले उनीसँग कुशल शब्द चयन गर्न सक्ने र मिटो सङ्गीत भर्न सक्ने कला देखिन्छ । मिठो स्वरसँगै गीतलाई अझ राम्रो बनाउन शब्दचयन को ठूलो भूमिका हुन्छ साथै सङ्गिले पनि गीतलाई अझ प्रभावकारी र सबैको मन छुने बनाउन ठूलो टेवा पुर्याएको हुन्छ।