काठमाण्डौ ।राजु भट्टराईले भर्खरै मिठो र गहकिला शब्दले भरिभूर्ण पिरतीनगरी नामक गीत लिएर हामी माझ आएका छन् । सरल र धेरै गहकिला शब्दहरुले भरिएको गीत पिरतीनगरी गीत भर्खरै रिलिज भएको हो । सांङ्गेतिक संसारमा नयाँ तरङ्ग भर्न भट्टराईले आफ्नो शब्द, स्वरलाई मिलाई पस्केका हुन् ।
“देउरालीको भेटमा बिहानीको किरण
संयोग बनी दियो तिम्रो मेरो मेलिन
भट्टराईको पिरतीनगरी गीतबाट उनीमा शब्दचयनको कला धेरै रहेको देखिन्छ । उनले एउटै गीतमा यति धेरै गहकिला शब्दहरु दिई गीतमा सङ्गित भरेका छन् । राजु भट्टराई कुशल डिजाइनर, प्रशिक्षक, लेखक, समाजसेवी पनि हुन् । आफुसँग भएको कलालाई फराकिलो बनाउने उनको यो गीतबाट प्रष्ट हुन्छ । सम्मान गर्नु पर्दछ । उनको यो साङ्गेतिक यात्रा अझै प्रभावकारी बन्दै जाने र सबैको मन छुन सक्ने गित सङ्गीत पस्कने उनको उठोट विश्वास आफुमा रहेको भट्टराई बताउँछन । आगामी दिन अझै उत्कृष्ट गीत, सङ्गितलाई श्रोतामाझ पस्कने उनको जमर्काे रहेको देखिन्छ । उनले अर्काे गितको तयारीमा लागेको छु, यसमा सबै मेरा सुभचिन्तक र सहयोगीहरुको समर्थनले नै मलाई धेरै विश्वास दिलाएको उनी बताउँछ ।
“भावीको लेखालाई यहाँ बुझ्न म सक्दिन
क्षितीजका तारा तिमी नभै गन्न म सकिन
हे हे गन्न म सकिन...
मेरो गुरु, मेरो परिवार आफन्त, मित्रहरु र शुभचिन्तकहरुको मायाले मलाई प्ररणा दिएको छ । उनि बताउँछन्, साथीभाईहरुको सहयोगले मलाई अझ बढि उत्साहित बनाएको छ । आगामी दिनमा गीत सङ्गीत क्षेत्रमा आफुले धेरै समय दिई आफ्ना गीतहरु ल्याउने उनको भनाई छ ।
गीत सङ्गित जसलाई माया नगर्ने त कमै होलान् । पिरतीनगरीनामको गित ‘मलाई यसको प्रेरणा दिने अभिभावक, परिवार, सम्पूर्ण मित्रहरु हुन् । उहाँहरुलाई सम्मान र धन्यवाद दिन चाहन्छु’ उनले उत्साहीत हुँदै भने ।
“तिमीलाई साथ दिनेछु सधैँ छायाँ बनेर... तिम्रो मुस्कान जिवनको यो मायालाई छानेर