फेस अफ तामाङ किड्सको फिनाले यहि भाद्र १५ गते हुँदै
News Desk
Aug-29 तारिख 07:48 बेलुका

काठमाण्डौ । तामाङ समूदायका  बालबालिकाहरुले प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्सको फिनाले यहि भाद्र १५ गते  नयाँ बजार सोह्रखूट्टे स्थित राष्ट्रिय सासा बैङ्क्वुमा  हुँदैछ ।  जसमा १२ जना तामाङ् बालबालिकाहरुले आफनो प्रस्तुती दिदै छन् ।  त्यसो त करिब १ महिना रोजिन शाक्यको फेसन कोरियोग्राफी र डान्स डाईरेक्टर एमबि गुरुङबाट प्रशिक्षण हासिल  गरेपस्चात उनीहरु अन्तिम प्रतिस्पर्धाका लागि भिडन लागेका हुन । 

प्रशिक्षणसँगै सामाजिक एवम् साँस्कृतिक गतिविधिमा सकृय रहने क्रममा जनैपूर्णिमाक‍ो अवसरमा फेस अफ तामाङ किड्सका सहभागी बालबालिकाहरुले  बौद्धमार्गीहरुको पवित्र धार्मिक स्थल स्वयम्भूमा निःशुल्क पानी वितरण गरेरका हुन । सो अवसरमा फेस अफ तामाङ किड्सका सहभागीले स्वयम्भूको अवलोकन गरि तामाङ कूताब धिममा तामाङ परिकार खानपिनसँगै गर्नुका साथै बरिष्ठ गायक तथा तामाङ डाजाङका अध्यक्ष  फुल कूमार ब‍ोम्जनद्वारा तामाङ भाषा लिपी रिमठिमको बारेमा जानकारी हासिल गरेका थिए ।  युथ कृयशन नेपालद्वारा आयोजित  फेस अफ तामाङ किड्स २०२४ मा सहभागी  हुनु भएका भाइबहिनीहरुलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव  तथा श्री ओख्रेनी मा.वि. गोकर्णेश्वर नगरपालिका १, सुन्दरीजल काठमाडौकी शिक्षिका रुवी लामाले तामाङ भाषाका वर्णमाला किताबहरू उपहार स्वरूप प्रदान गर्नुभएको थियो । उहाँले सहभागीहरुले तामाङ मातृभाषाको परिचय, महत्व , संरक्षण र सम्बर्द्धनको विषयमा विशेष जानकारी पनि गराउनु भएको थियो ।  तामाङ्  भाषा प्रशिक्षण कार्यक्रममा युथ कृयशन नेपालका अध्यक्ष रवि लामा, प्रमुख अतिथि (तामाङ मौलिक ह्वाइला नान)का अध्यक्ष सन्जिव तामाङ  (पोङदिला च्याङ्बा) र विशिष्ट अतिथिमा रुबी लामा लगायत अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उपस्थित रहेको थियो साथमा सोही बालबालिकालाई ईन्डिजिनीस् टेलिभिजन को डम्फू सेलो ग‍ोपाल योन्जनको स्मृति कार्यक्रम जस्तो बिभिन्न ठाउँहरुमा उपस्थित गराएको थियोे ।

सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने अवसर फेस अफ तामाङ किड्सले दिलाएको आयोजक संस्था युथ​ क्रियसनका प्रमुख रवि लामा तामाङले जनाएका छन् ।

धेरै पढिएको