विनयराज पौडेलद्वारा निर्देशित नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक
News Desk
Nov-18 , 2024 तारिख 12:40 बेलुका

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ । 

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नुनको भारी, मनको बाघले खाला जिन्दगी लगायत दजनौँ चर्चित म्युजिक भिडियो गरेका पौड्यलले नेपाली कथानक चलचित्र बुलाकी, ऐंचो पैंचो, कृष्ण लिला, रङेली, बिहे पास, मेला, ज्ञान शाश्त्र लगायत फिल्ममा प्रमुख सहायक निर्देशकका रुपमा काम गरिसकेका छन ।

नवराज थापाको स्वर राजकुमार बगरको सङ्गीत रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन । डम्बर राईको छायाङ्कन रहेको भिडियो  सत्यागरह युट्व च्यानल मार्फत सार्वजनिक भएको छ । 

साजिद खान एक उदाउँदा कलाकार हुन । उनले आफ्नो अभिनयलाई हाल विभिन्न म्युजिक भिडियोहरू मार्फत आफ्नो अभिनय कला देखाइसकेका छन ।  

धेरै पढिएको