दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
News Desk
Dec-16 , 2024 तारिख 04:13 बेलुका

काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  शाहिल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत 'उहिलेको फोटो' मा शाहिल लिम्बुको शब्द तथा संगीत रहेको छ।

 मेलोडियस गीतमा देबेश राईको संगीत संयोजन रहेको छ। बिकाश लिम्बुको निर्माणमा बनेको भिडियोमा छायांकन सुमन तामाङको र सम्पादन अनिल रानाको रहेको छ। भिडियोमा बिष्णु मोक्तान,सुस्निता लिम्बु,एमके योङ्गहाङ्ग,मिना नेम्वाङ्ग फिचर्ड छन्।

 भिडियो मिना लिम्बुको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक दिनेशले सुमधुर गीतलाई उत्कृस्ट भिडियो बनाएका छन्। भिडियोको कथाले दर्शकको मन जित्नेछ।

https://youtu.be/Svn5MHfBFHQ?si=DfA2RvwwAHEMPmiz

धेरै पढिएको