News Desk
एन प्लस प्रोफेसनल किड्स मोडल अफ द इयर २०२४ को उपाधि एनल ज्योति स्कूलका मल्लिक मितल, नुहाङमा राई (सिनियर) र परिधि थापा मगर (जुनियर) ले जितेका छन्। लिटल प्रिन्सको उपाधि प्रिन्स महर्जनले र लिटल प्रिन्सेसको उपाधि उर्बी गौतमले हात पारेका छन्। कार्यक्रमको बालक तर्फ आरोन सरदारले आयोजकको रोजाइ जित्दा, सुज्ञान श्रेष्ठ ब्रान्ड एम्बेसडर बने। फस्ट रनर–अपमा मिहाङ लावती , सेकेन्ड रनर–अपका रूपमा सफल आचार्य र मल्लिक मितल विजेता घोषित भए। बालिका तर्फ, सेसेना लावतीले ब्युटी विथ ब्रेन (सिनियर) को उपाधि हात पारिन्। आरुषी राउत (सिनियर) र लोरेन्स महर्जन (जुनियर) आयोजकको रोजाइमा परेका थिए। आइसा तामाङ (सिनियर) र नियति सुनुवार (जुनियर) ब्रान्ड एम्बेसडर बने। बर्षा लिम्बु (सिनियर) र स्वोर्निमा वाग्ले (जुनियर) दोस्रो उपविजेता घोषित भए भने सिखा केसी (सिनियर) र सेहेना महर्जन (जुनियर) पहिलो उपविजेतामा परेका थिए।
विजेताहरूले नगद रु १०,००० पुरस्कार र एभरेस्ट फिल्म एकेडेमीको रु १५,००० बराबरको छात्रवृत्ति पाएका छन्। साथै, सबै सहभागीलाई मनकामना फ्रुट एन्ड बेभरेजको गिफ्ट ह्याम्पर, प्रमाणपत्र र सम्मान प्रदान गरिएको छ।
कार्यक्रम एभरेस्ट इभेन्ट्सले आयोजना गरेको हो। यसका सीईओ तथा आयोजक कृष्ण श्रेष्ठ (रो बेन) रहेका थिए भने कोरियोग्राफी अर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए। कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए।