शाह स्टुडियोकाे प्रस्तुतिमा "पुर्णिमालाइ हटाएर" बाेलकाे कथानिक गीत सार्वजनिक
News Desk
Jan-13 , 2025 तारिख 03:09 बेलुका

शाह स्टुडियो एण्ड कम्पनीको प्रस्तुतिमा "पुर्णिमालाइ हटाएर" बाेलकाे कथानिक गीत सार्वजनिक भएको छ। गीतमा दिलिप लामाले स्वर दिएका छन्।

हेमराज काफ्लेको शब्द रहेको गीतमा मनोज राज शिवाकोटिको संगीत थपेर पूर्ण बनाएका हुन्। 
गीतको भिडियोमा मोनु साह र दिपा कटुवालको कथा र प्रस्तुति प्रस्तुत गरिएको छ। भिडियोमा प्रेम र बिछोडको कथा देखाइएको छ।

मोडेल दिपाले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो। त्यस्तै मोनु साहले ४ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको छन्।

निर्देशक व्यस्त सुबासले केही म्युजिक भिडियोको निर्देशन पनि गरेका छन्। यो गीतको भिडियो निर्देशन र कोरियोग्राफी पनि सुबासकै छ।

सुजन श्रेष्ठले छायांकन गरेको गीतको भिडियो सुबास साहले सम्पादन र कलर संयोजनमा बनेको छ। गीतको निर्माता साह स्टुडियो एण्ड कम्पनि हुन।