नेवाः मैंचा बौचा ११४५ को टाइटल प्रार्थना र प्रश्रयलाई
News Desk
Jan-27 , 2025 तारिख 06:19 बेलुका

नेवाः मैंचा र बौचा ११४५ को टाइटल प्रार्थना श्रेष्ठ र प्रश्रय महर्जनले जितेका छन । नेवाः मैंचा प्रार्थनाले बेष्ट पिक्चर प्रोफाइलको समेत टाइटल जित्न सफल भएकी  छन । काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न नेवाः मैंचा बौचामा बेष्ट मल्टिमिडिको टाइटल हात पारेकी वन्जला श्रेष्ठ र आर्जल डंगोल फस्ट अरनअप भएका छन भने बेष्ट इन्टेलिजेन्टको टाइटल हात पारेकी सजकता मानन्धर र श्रीयान मानन्धर सेकेण्ड रनरअप भएका छन । 

कलश इभेन्टको आयोजनामा नेपालभाषा प्रशिक्षक राजु नापितको प्रशिक्षण र अफिसियल कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको कार्यक्रममा प्रतियोगीहरुले नेपालभाषामै परिचय दी निर्णायकको प्रश्नको उत्तर दिएका थिए । जसमध्ये टप १२ मा पुग्न सफल मध्येबाट नेवाः मैंचाबौचाको छनौट गरिएको थियो । 

बौद्ध विद्धान एवं चर्या गुरु यज्ञमानपति बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न नेवाः मैंचा बौचा कार्यक्रमका बेष्ट कल्चर सिल्भिया महर्जन, बेष्ट एथलेक्ट निभा श्रेष्ठ, बेष्ट नेपालभाषा रेश्का नकर्मी, बेष्ट एकाडेमिक नान्सी श्रेष्ठ, बेष्ट एक्टीभ ओमित्या महर्जन, बेष्ट पर्सालिटी मिजन डंगोल, बेष्ट फ्रण्डशीप अम्बिका श्रेष्ठ, बेष्ट डिसिप्लिन श्रीजल प्रजापति, बेष्ट इनोसेन्ट साइन श्रेष्ठ, बेष्ट ब्यूटीफूल निपूर्णा कपाली, बेष्ट लिडरशीप यशस्वी श्रेष्ठ, मोस्ट पंचुअल शौरभी खड्गी, बेष्ट क्रियटीभ अश्मी महर्जन र नेवाः बौचा ट्यालेन्ट समिर डंगोलले जितेका हुन । 

नेवार समुदायका ८ देखि १४ बर्ष समूहका बीसजना मैंचाबौंचाहरुको सहभागीता गराइ नेवार भाषा, कला, संस्कृति, संस्कार, सम्पदाको सामान्य ज्ञान सहित ब्यवहारिक ज्ञान दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा रामेश्वर श्रेष्ठ, पवित्र कसाः, सुरेन्द्रभक्त श्रेष्ठ, भिन्तुना जोशी र श्रृष्टी महर्जन गरी पाँचजना निर्णायक मण्डलीमा रहनु भएको थियो । 

कार्यक्रममा आइएफएफटीका डिजाइनरहरुबाट तयार गरिएको नेवाः ड्रेसको प्रस्तुती रहेको थियो ।

धेरै पढिएको