गायक विनोद ढकालको ‘गाँजा खाने तरिका’ सार्वजनिक
News Desk
Feb-26 , 2025 तारिख 02:13 बेलुका

शिवरात्रिको अवसरमा भगवान शिवलाई समर्पित गर्दै गायक विनोद ढकालले नयाँ गीत ‘गाँजा खाने तरिका’ सार्वजनिक गरेका छन। हाललाई यस गीतको अडियो भर्सन सार्वजनिक गरिएको छ, जसमा शब्द, सङ्गीत, र स्वर विनोद ढकाल स्वयंको रहेको छ।  

गीत ज्यानृक्स म्युजिक प्रोडक्सन अन्तर्गत तयार पारिएको हो। दर्शक तथा श्रोताहरूले गीत विनोद ढकाल अफिसियल युट्युब च्यानल मार्फत सुन्न सक्नेछन।  

यसैबीच, अर्जुन भुसालको निर्देशनमा गीतको म्युजिक भिडियो निर्माणको तयारी भइरहेको छ। गायक तथा गीतकार ढकालका अनुसार भिडियोलाई छिट्टै दर्शकमाझ ल्याइनेछ।

धेरै पढिएको