याँ लोक–दोहोरी गीत ‘मगर्नीको तीनपाने…’ सार्वजनिक
News Desk
Mar-01 , 2025 तारिख 07:34 बेलुका

काठमाडौं– गायक वसन्त लम्साल तथा गायिकाद्वय सपना गाहा र सम्झना रानापालको स्वरमा तयार भएको नयाँ लोक–दोहोरी गीत ‘मगर्नीको तीनपाने…’ सार्वजनिक भएको छ ।

प्रेम गौतमद्वारा रचना गरिएको यो गीतलाई गायक लम्सालले नै संगीतवद्ध गरेका छन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन्, जसमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

सुजन मगरद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा श्याम मल्ल, अस्मि सुनार, सुमन परियार तथा शरद एलजीको अभिनय छ । करण चैसिरद्वारा कोरियोग्राफी गरिएको यो भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।

.be/TqyEPdGojkg?si=34ZFq2jDr0pozN59
https://youtu.be/TqyEPdGojkg?si=w3qNgBgkgAbvht2v

धेरै पढिएको