गीतकार यशुको शब्दमा निसा देसारको स्वर रहेको 'पिउदिन सराब'को गजल भिडीयो सार्बजनीक (भिडियो सहित)
News Desk
Sep-28 , 2020 तारिख 05:44 बेलुका

गीतकार यसोदा थापा (यसु)को शव्दमा अर्को गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिक निशा देसारको स्वरमा सजिएको सुमुधुर गीत ‘पिउदिन सराब’ बोलको गीतको भिडियो द रबिना आरुश च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । राज सागरको संगित रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन ।

रबिना, आयुष चौहान र मिरा रावतको अभिनय रहेको भिडियोलाई रबिना र आयुषले संयुक्त रुपमा निर्देशन गरेका छन भने सम्पादन तथा छायांकन आयुष र अमित कुमारले गरेका हुन ।

दिन दुखीहरुको सेवामा निकै तल्लिन भएर लाग्दै आएकी समाजसेवी तथा गीतकार यसु थापा(यशोदा)ले गीत रचनामा राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएकी छिन ,भने उनको रचनामा थुप्रै चर्चित गायक गायिकाले स्वर दिएका छन ।