राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ - २०२५ को ट्यालेन्ट शो भव्य रूपमा सम्पन्न
News Desk
Mar-03 , 2025 तारिख 08:23 बेलुका

काठमाडौं – राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ - २०२५ को ट्यालेन्ट शो राउण्ड हालै भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता, तथा आत्मविश्वास प्रस्तुत गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, ड्यानमोच्क्स नेपाल का सीओ प्रनिच्ज़ मान सिंह अधिकारी, मोडल तथा केबिन क्रु दिव्या महर्जन, इभेन्ट अर्गनाइजर एवं मेकअप ट्रेनर टेकराज पाण्डे, तथा ओएसिस इमिग्रेशन ग्रुप - कोरिया र क्यानडा का सीओ चुन सुंगजिन र​हेका थिए ।

कार्यक्रमलाई अझ विशेष बनाउन प्रख्यात गायक कामल खत्री, गायक सपन श्रेष्ठ, तथा मोडल एवं नृत्य कोरियोग्राफर सबिना राउत विशेष अतिथि रूपमा उपस्थित भएका थिए। साथै, दिवस राज भट्टराई, शोवन गौतम, सोनित राज ढुंगेल, ऋतिका शाह, धर्मराज परेनु, रबी लामा, इसा गुरुङ, दीपक लामा, पवन कोईराला, जुनिता राई, जेनीका धिमाल, सरला राई, तथा निलम गुरुङ जस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति पनि रहेको थियो।

कार्यक्रमको औपचारिक आरम्भ अर्जु महर्जन (फेसन कोरियोग्राफर) र हिस्से शेर्पा (इभेन्ट कोअर्डिनेटर) द्वारा गरिएको थियो, जसमा ग्र​चे ऐवेन्त्स का सीओ/संस्थापक सुरज थाप ले स्वागत मन्तव्य राखका थिए ।कार्यक्रमको उद्घोषण रोबिन लामाले गरेका थिए।

विशेष धन्यवाद सचिव  श्रेष्अनिता श्रेष्ठ प्रजापती दिएकी थीन भने उनलले सहभागी तथा अतिथिहरूलाई स्वादिष्ट खाजाले स्वागत गरिन।

कार्यक्रमलाई अझ स्मरणीय बनाउन साविन खडा (आईटी हेड) तथा अंकित मल्ल (इभेन्ट कोअर्डिनेटर) को भूमिका महत्त्वपूर्ण रह्यो। साथै, क्युपिड फोटो स्टुडियो का बिन्द्रा प्रजापति तथा युनिकर्न फोटो फिल्म स्टुडियो का मिलन द्वारा कार्यक्रमका रमाइला क्षणहरू तस्वीर र भिडियोग्राफी मार्फत कैद गरियो।

यस ट्यालेन्ट शोमा स्मारिका सुवेदी, प्रज्ञा केसी, मुना खपांगी, अञ्जिला खनाल, पूर्णिमा तामाङ, अञ्जली रोका मगर, सुनिशा गुरुङ, आन्जुम लिम्बू, लसता महर्जन, तथा उर्मिला तामाङ जस्ता प्रतिभाशाली सहभागीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप रोचक र प्रेरणादायी बनायो।

कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सबैलाई आयोजक टिमको तर्फबाट विशेष धन्यवाद व्यक्त गरिएको छ। आगामी चरणको प्रतीक्षामा सहभागीहरू उत्साहित छन। ग्र​चे ऐवेन्त्स का सीओ/संस्थापक तथा कार्यक्रम आयोजक सुरज थापा ले ग्रान्ड फिनाले र अष्टलक्ष्मी सम्मान २०८१ नव दुर्गा पार्टी प्यालेस मा २०८१ फागुन २७ गते मंगलबारका दिन आयोजना गरिने जानकारी दिe।

धेरै पढिएको