अभ्या आचार्य, दिया तामाङ, र आस्तिक कर्ण ंलिटिल स्टार नेपाल २०२५ं (सिजन ६) का विजेता
News Desk
Mar-04 , 2025 तारिख 02:37 बेलुका

काठमाडौं– लिटिल स्टार नेपाल २०२५ (सिजन ६) को भव्य फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नृत्य र गायन विधामा उत्कृष्ट प्रतिभाशाली बालप्रतिभाहरू चयन गरिँदै प्रतियोगिताले नयाँ विजेताहरूलाई सम्मान गरेको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत, र कलात्मक क्षमतालाई उजागर गर्ने यो बहुप्रतीक्षित प्रतियोगितामा गायक-गायिका र नृत्य विशेषज्ञहरू सम्मिलित रहे। यस वर्षको निर्णायक मण्डलमा धानु ज्ञ्ाङ्मी मगर, सुमी पराजुली, अजय योन्जन, र सम्पदा अम्गाईजस्ता प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए।

नृत्य प्रतियोगितामा, जुनियर ग्रुपतर्फ अभ्या आचार्य पहिलो स्थानमा रहँदै विजेता बने। एरन रिजाल फर्स्ट रनरअप तथा दिक्ष्या तामाङ सेकेन्ड रनरअप घोषित भए। अन्य उत्कृष्ट प्रतिभाशाली प्रतिस्पर्धीहरूमा रोशिका बज्राचार्य (थर्ड रनरअप), सान्वी ढकाल (फोर्थ रनरअप), सुरुचि पौडेल (फिफ्थ रनरअप), र आज्ञ्ा पन्त (सिक्स्थ रनरअप) रहे। सबैभन्दा लोकप्रिय विजेता को उपाधि रियाना न्यौपाने ले जितिन भने पब्लिक च्वाइस विजेता का रूपमा एरन रिजाल र रोशिका बज्राचार्य घोषित भए।

सिनियर ग्रुपतर्फ, दिया तामाङ ले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विजेता उपाधि जितिन। शुभाञ्जली तिमल्सिना फर्स्ट रनरअप, आध्या शाह सेकेन्ड रनरअप, सोनिया लामा थर्ड रनरअप, आवाश खड्का फोर्थ रनरअप, रेष्टिना थापा फिफ्थ रनरअप, र उकेन थापा सिक्स्थ रनरअप घोषित भए। सबैभन्दा लोकप्रिय विजेता प्रकृति सुर्खेती बनिन भने पब्लिक च्वाइस विजेता आश्रय श्रेष्ठ र आराध्या श्रेष्ठ घोषित भए।

गायन प्रतियोगितातर्फ, आस्तिक कर्ण ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि जिते। कोहिनूर न्यौपाने फर्स्ट रनरअप, समर लामा सेकेन्ड रनरअप, युगान्त दर्नाल थर्ड रनरअप, गुञ्जन बेल्बासे फोर्थ रनरअप, कृविशा भुजेल फिफ्थ रनरअप, र आयाश सुनुवार सिक्स्थ रनरअप बने। सबैभन्दा लोकप्रिय विजेता परिधि खतीवडा रहिन भने पब्लिक च्वाइस विजेता सिमिरा नेपाल र जीवन लम्साल घोषित भए।

प्रतियोगिताका निर्णायकहरू धानु ज्ञ्ाङ्मी मगर र सुमी पराजुली (गायनतर्फ) तथा अजय योन्जन र सम्पदा अम्गाई (नृत्यतर्फ) ले सबै प्रतिस्पर्धीहरूको कठिन परिश्रम, रचनात्मकता, र कलात्मक उन्नतिलाई प्रसंसा गर्दै, प्रतियोगिताले बालप्रतिभाहरूलाई ठूलो अवसर प्रदान गरेको बताए। उत्कृष्ट प्रदर्शन, जोशपूर्ण दर्शकहरू, र उत्साहजनक माहोलले भरिएको लिटिल स्टार नेपाल २०२५ को यो संस्करण पनि अत्यन्त सफल रह्यो।

 

धेरै पढिएको