News Desk
२८ फागुन, काठमाडौं । एभरेस्ट इभेन्ट्सद्वारा आयोजित एन प्लस प्रोफेसनल नेपाल्स नेक्स्ट किड्स टप मोडल सिजन ३ – २०२५ मा काठमाडौं उपत्यकाका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन् ।
सीईओ तथा आयोजक कृष्ण श्रेष्ठ (रो बेन) को नेतृत्वमा सम्पन्न यस प्रतिस्पर्धामा देशभरका प्रतिभाशाली बालबालिकाले आफ्नो क्षमताको प्रदर्शन गरेर उपाधी हात पारेका हुन् । प्रतियोगितामा विशेष रूपमा काठमाडौं भ्याली स्कुलका विद्यार्थीहरूले सफलता हासिल गर्दै नेपाल्स नेक्स्ट किड्स टप मोडल सिजन ३ को उपाधि जित्न सफल भए। प्रतियोगितामा सुचित बस्नेत (बालक), राजस्वी महर्जन (सिनियर) र काव्या थापा मगर (जुनियर) विजेता घोषित भए । त्यस्तै, लिटिल प्रिन्सको उपाधि रेयांश श्रेष्ठले जिते भने लिटिल प्रिन्सेसको उपाधि ऋषिका गिरीले प्राप्त गरिन्।
प्रतियोगिताको फस्ट रनर अप तर्फ अभिक शाक्य (बालक), प्राप्ति बज्राचार्य (सिनियर) र शाङ्छ्योई तामाङ (जुनियर) विजयी भए । सेकेन्ड रनर अपको स्थान सोहन श्रेष्ठ (बालक), आकांक्षा प्रजापति (सिनियर) र निक्की सिलवाल (जुनियर) ले हासिल गरे ।
आयोजकको विशेष छनोटमा आयन थापा (बालक), दिधिति पोखरेल (सिनियर) र डिकी लिसा लामा (जुनियर) परे । त्यस्तै, ब्रान्ड एम्बेसडरका रूपमा वरिम्सा कार्की (सिनियर) र अग्रता कुँवर (जुनियर) चयन भए । साथै ब्युटी विथ ब्रेन को उपाधि त्रिशा महर्जनले जितिन् भने अनुष्का ढकाल ‘मोस्ट पपुलर’ विजेता घोषित भइन् ।
प्रतियोगिताका विजेताहरूलाई रु. ७५०० नगद पुरस्कार, साथै काठमाडौं भ्याली स्कुल एण्ड कलेज बाट रु. ७५००, ५००० र २५०० बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यसैगरी, एभरेस्ट फिल्म एकेडेमी बाट रु. १५,००० बराबरको छात्रवृत्ति समेत विजेताहरूले प्राप्त गरे । सबै सहभागीहरूलाई फ्रुट जेम्स गिफ्ट ह्याम्पर, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतियोगितामा कोरियोग्राफीको जिम्मा अर्शु महर्जन र सुगन्धा अधिकारीले सम्हालेका थिए भने रोजिन शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए । यस वर्षको मोडलिङ प्रतियोगितालाई सफल बनाउन काठमाडौँ भ्याली स्कुल एण्ड कलेज एकेडेमी पार्टनर, फ्रुट जेम्स बिभरेज पार्टनर, तथा अनिश श्रेष्ठ फोटोग्राफरको रूपमा रहेका थिए ।