News Desk
झापा । शाह स्टुडियो एण्ड कम्पनीको आयोजनामा सम्पन्न ‘किड्स स्टार झापा २०२५’ मा जुनियरतर्फ दिक्षेन तामाङ तथा सिनियरतर्फ स्पर्श राजबंशी विजेता घोषित भएका छन। यस प्रतियोगितामा जुनियरतर्फ सक्षम थापा फर्स्ट रनरअप तथा स्पर्शिका राजबंशी सेकेन्ड रनरअप बनेका छन। त्यस्तै, सिनियरतर्फ दिप्शिका बिष्ट फर्स्ट रनरअप र आकृति बस्नेत सेकेन्ड रनरअप घोषित भएका छन।
प्रतियोगितामा विभिन्न विशेष उपाधिहरू प्रदान गरिएका छन। मोस्ट इनर्जेटिक विधामा तृषभ कडरिया, मोस्ट डिसिप्लिन विधामा आकृति बस्नेत र कृपा आचार्य, मोस्ट ह्याण्डसम उपाधि सक्षम थापा, मोस्ट प्रिटी उपाधि दिप्शिका खाती, बेस्ट वाक उपाधि अनामिका बस्तोला, फेसन आइकन उपाधि स्पर्शिका राजबंशी, मोस्ट स्टाइलिश उपाधि इथेन माग्मु, मोस्ट इन्टेलेक्चुअल उपाधि प्राक्सीति बिडी, अर्गानाइजर च्वाइस उपाधि सिएन नेम्बाङ, र मल्टिमिडिया अवार्ड दिक्षेन तामाङ तथा स्पर्श राजबंशीलाई प्रदान गरिएको थियो।
आयोजकका अनुसार, प्रतियोगिताले बाल प्रतिभाहरूको पहिचान, आत्मविश्वास, र क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ। बालबालिकाहरूको कला, व्यक्तित्व र प्रस्तुतीकरण क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।