एभरेस्ट इभेन्ट्सद्वारा ‘एन प्लस प्रोफेसनल द मोडल एम्पायर भोल्युम २ – २०२५’ को सफल आयोजना
News Desk
Mar-20 , 2025 तारिख 03:20 बेलुका

काठमाडौं, मार्च २०२५ – एभरेस्ट इभेन्ट्सले ‘एन प्लस प्रोफेसनल द मोडल एम्पायर भोल्युम २ – २०२५’ सम्पन्न गरेको छ। नेपाली फेसन उद्योगमा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्दै आयोजना गरिएको यो प्रतियोगितामा शुभन प्रधान मिस्टर मोडल अफ द इयरयादना लिम्बू मिस मोडल अफ द इयर को उपाधि जित्न सफल भए।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य प्रतिभाहरू पनि सम्मानित भए। संगम न्यौपाने (श्रेष्ठ) र प्रणिता माडेन पहिलो रनरअप, वाजिद अन्सारी र सस्तिका साह शंकर दोस्रो रनरअप, तथा निशा बुढाथोकी तेस्रो रनरअप घोषित भए। प्रतियोगितामा रेश्मा लामा थेङ लाई ब्युटी विथ ब्रेन को उपाधि प्रदान गरियो भने सुमित बानियाँ र स्नेहा मल्ल ब्रान्ड एम्बासडर चयन भए। त्यस्तै, कृष विक्रम साह र बबिता घोरासैनी लाई अर्गनाइजर च्वाइस पुरस्कार प्रदान गरियो।

प्रतियोगिताका विजेताहरूले रु २०,००० नगद पुरस्कार सहित विभिन्न प्रतिष्ठित छात्रवृत्तिहरू प्राप्त गरे। शीर्ष ३ विजेताहरूलाई ब्रिटिस कलेज बाट रु १,६५,००० बराबरको छात्रवृत्ति, शीर्ष ५ विजेताहरूलाई एआईटीएम कलेज बाट रु १,००,००० बराबरको छात्रवृत्ति, तथा दुवै मुख्य विजेताहरूलाई एभरेस्ट फिल्म एकेडेमी बाट रु १,००,००० बराबरको छात्रवृत्ति प्रदान गरियो। साथै, फ्लाइटेक इन्टरनेशनल एयरहोस्टेस एकेडेमी ले मुख्य विजेताहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्यो। प्रतियोगिताका सबै महिला विजेताहरूलाई बेसिक मेकअप क्लास समेत दिइने छ।

यसका साथै, विजेताहरूले फ्रुट जेम्स एन्ड बेभरेजेस तथा एन प्लस प्रोफेसनल बाट विशेष उपहार प्राप्त गरे। कार्यक्रमको कोरियोग्राफी अर्शु महर्जन र सुगन्धा अधिकारी ले गरेका थिए भने रोजिन शाक्य ले कार्यक्रम सञ्चालन गरेका थिए। यस भव्य इभेन्टको आयोजना एभरेस्ट इभेन्ट्सका सिइओ तथा आयोजक कृष्ण श्रेष्ठ (रो बेन) ले गरेका थिए।

‘एन प्लस प्रोफेसनल द मोडल एम्पायर’ ले नेपाली मोडलिङ उद्योगमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्दै उनीहरूलाई आफ्नो सीप निखार्न प्रेरित गर्दै आएको छ।

धेरै पढिएको