'दर्शकको फरक दृष्टिकोणलाई निर्माताले चलचित्रमा देखाउन सक्नुपर्छ' : मनिषा कोइराला
News Desk
Mar-23 , 2025 तारिख 05:30 बेलुका

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले चलचित्रमा दर्शकको फरक दृष्टिकोणलाई निर्माताले देखाउन सक्नुपर्ने बताएकी छिन् । आठौं नेपाल चलचित्र अन्तराष्ट्रिय महोत्सव निफको शनिवार भएको सिनेमा संवाद नामक सेसनमा उनले अहिले चलचित्रहरु फरक फरक कथाहरुमा बन्न थालेको र त्यसले दर्शकलाई हलसम्म तान्न सहयोग भने खासै  पुर्याउने, उहाँले भन्नुभयो । 

उनले आफुले राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रमा काम गरिरहदाँ ३५ वर्षको अवधिमा चलचित्र क्षेत्रमा निकै फरकपन भित्रिएको बताइन् । उनले भनिन् कुनै समय म पैसाको लागि चलचित्रमा काम गर्थे भने क्यान्सर भएपछि म आफ्नो खुसीका लागि मात्र सिमित चलचित्र गर्ने गरेको बताइन् । 
उनले थपिन्, बलिउडमा जुन दर्शकको भिड छ त्यो नेपाली चलचित्रमा छैन, फरकपन हुदाँहुदै पनि त्यो छैन । विगत २ वर्षदेखि केही राम्रो कामहरू भएका छन् । नेपाली चलचित्रले बलिउड चलचित्रको कपि गर्नु हुदैन । यसमा धेरै कुराको लगानी हुन्छ । जुनलाई हामीले कपि गरेर पनि राम्रोसँग उतार्न सक्दैनौं । 
चलचित्र महोत्सवमा चलचित्र क्षेत्रका मान्छेहरूको बढ्दो प्रभाव रहनु पर्छ भन्दै उनले यो एउटा सिक्ने, बुझ्ने र जान्ने थलो भएको बताइन । 

असफलताले मान्छेलाई धेरै कुरा सिकाउने बताउँदै उनले परिस्थितिगत रूपमा अगाडि बढ्दा धेरै कुरामा ध्यान दिनुपर्ने बताइन । उनले भनिन्, कुनै पनि क्षेत्रको सिमा सम्बन्ध र अस्तित्व सधैं कायम रहनुपर्ने बताइन् ।