“मिसेस नेपाल अस्ट्रेलिया २०२५” को घोषणा, आवेदन फारम खुला
News Desk
Apr-29 तारिख 07:33 बेलुका

मेलवर्न, अस्ट्रेलिया — हिमाली कल्चर ग्रुप मेलवर्नको आयोजनामा र इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा पहिलो पटक “मिसेस नेपाल अस्ट्रेलिया २०२५” प्रतियोगिता आयोजना हुने भएको छ। विवाहित नेपाली महिलाहरूलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यो प्रतियोगिताको लागि आवेदन फारम हाल खुला गरिएको छ।

हिमाली कल्चर ग्रुपले अस्ट्रेलियामा रहँदै विगत एक दशकदेखि नेपाली समुदायका लागि विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो वर्षदेखि समूहले ‘मिसेस नेपाल अस्ट्रेलिया’ प्रतियोगिता वार्षिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको हो।

प्रतियोगितामा अस्ट्रेलियामा बसोबास गरिरहेका नेपाली विवाहित महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा ३० जना सहभागीहरूलाई छनोट गरिनेछ। छनौट भएका प्रतियोगीहरूलाई प्रशिक्षण अवधिमा शारीरिक फिटनेस, जुम्बा, एरोबिक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटोसेसन, टेबल म्यानर, व्यक्तित्व विकास, वाक्कला, प्रस्तुतिकरण सीप, प्रश्न–उत्तर तालिम लगायत विविध विषयमा विशेषज्ञहरूसँग प्रशिक्षण दिइनेछ।

स्टेज पर्फर्मेन्स र क्याटवाक प्रशिक्षण ख्यातिप्राप्त अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले प्रदान गर्ने छन्। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सिजन मिडियाले लिएको छ, जसले नेपालमा १६ वर्षभन्दा बढी समयदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको छ।

विजेताका लागि आकर्षक अवसर
प्रतियोगिताका मुख्य विजेताले “मिसेस नेपाल अस्ट्रेलिया २०२५” को उपाधिसँगै नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेसडरको भूमिका पाउनेछन्। साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज, अन्य दुई उपविजेतालाई बाली (इन्डोनेसिया) भ्रमणका लागि हवाई टिकट, लेटमिइन कोरियन स्किन हस्पिटल नेपालको तर्फबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर तथा अन्य विभिन्न उपहारहरू प्रदान गरिनेछ।
त्यस्तै, कार्यक्रम अन्तर्गत विभिन्न १५ विधामा उपविजेता छनौट गरिनेछ र विजेताहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसरसमेत दिइने आयोजकका त​र्फ​बाट​ हिमाली कल्चर ग्रुप, मेलवर्नका नविन श्रेष्ठले ब​ताउनुभ​यो ।    ।