नेपाल म्युजिक फेस्टिवल २०२५ साउदी अरविया जुबेलल मा हुदै
News Desk
May-02 तारिख 10:27 बिहान

नेपाली कला संस्कृतिको उत्थान तथा  पाँचथर हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको स्तरोन्नति को लागि  के . आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको  जुलेबमा  साँगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।  संचालक श्रीप्रसाद यवा का अनुसार  कार्यक्रम अल हुमैदान हल ( लुलु हाईपर मार्केटको पछाडि पट्टी) मा हुनेछ । कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु  रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम को साथमा प्रिती पासवान नृत्य  रहने छ । 

 बिगत १५ बर्ष देखि साउदी अरेबिया को जुबेल स्थित आफ्नो रेस्टुरेन्ट   के. आई, हिमालयन किचन, के. आई, फेन्सी , के. आई, ट्राभल को व्यबसाय गर्दै आएका   के.आई.ग्रुपका अर्का संचालक मा  श्री. ओम प्रसाद फुयाँल तथा  ईश्वर  काप्रीका अनुसार संस्था सामाजिक कामहरूमा समेत संस्था सक्रिय रहेको बताए ।  l देव धिमालले कार्यक्रमको संयोजन गरेका छन ।   पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको १० किलोमिटर बाटो आफनै ब्यक्तिगत लगानीमा बनाएका श्री प्रसाद यावले यस्ता कार्यक्रमहरुबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेका छन  । उनका अनुसार कार्यक्रमको टिकट  साउदी अरबको  जुबेल, दमाम, र खोबरको  नेपाली होटलहरुमा उपलब्ध गराइएको छ l