गायक तथा सर्जक ढकालको नयाँ गीत "जागिर सरकारी" सार्बजनिक
News Desk
May-15 , 2025 तारिख 05:30 बेलुका

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा संकलक बिनोद ढकालको अर्को नयाँ गीत "जागिर सरकारी"  सार्वजनिक भएको छ ।


ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियो तर्फ लक्ष्मण श्रेष्ठको  निर्देशनमा  मदन राई  छायांकन तथा सम्पादन रहेको छ।

गीतमा गायक ढकालले  भ्रष्टाचार नगर्ने , असल सरकारी कर्मचारीलाई बजारको महंगीको तुलनामा वर्तमानको तलबले दाल र भात खान पुग्ने तर मिठो तरकारी खान नपुग्ने अबस्था रहेको  चित्रण गरेका छन।

हेर्नुस्  भिडियो :

https://youtu.be/xF4qs6CVxNo?si=tVW6IWqnGNvpDtqU