News Desk
चितवन । ‘ चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान ’ भन्ने नाराका साथ चितवनको भरतपुरमा असार ८ गते ‘ लक्की फिल्मी अवार्ड - २०८२ ’ हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको ' लक्की फिल्मी अवार्ड ’ को मनोनयन सूची सार्वजनिक गरिएको छ । वि.सं. २०८० साउनदेखि वि.सं. २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट ५ को मनोनय छनोट गरेका हुन् । ‘ लक्की फिल्मी अवार्ड ’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जनाएको हो । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
अवार्डका लागि आयोजकले उत्कृष्ट ५ मा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, संगीतकार, लेखन, छायांकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो । राजधानी काठमाडौंबाट मनोनयनमा पर्न सफल ११ विधाको सार्वजनिक गरिएको हो । उक्त ११ विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलरलगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहेका छ, भने सदस्यहरूमा वरिष्ठ रंग पत्रकार एवं गीतकार शान्तिप्रिय, वरिष्ठ रंग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर र चलचित्र निर्देशक शंकर कार्की रहेका छन् । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सार्वजनिक गरेका ११ विधाका मनोनयन यस प्रकार छन् ;
उत्कृष्ट चलचित्र
१. पुजार सार्की : किङ्गडम नेटवर्क
२. फर्की फर्की : रोहित अधिकारी फिल्म्स / ओएसआर डिजिटल
३. महाजात्रा : षट्कोण आर्टस्
४. दिमाग खराबः सिनेमा आर्ट प्रा. लि.
५. उपहार : रेखा फिल्म्स / कपनगढी सिनेमा प्रा.लि.
उत्कृष्ट निर्देशक
१. दिनेश राउत : पुजार सार्की
२. सुयोग गुरुङ : फर्की फर्की
३. प्रदीप भट्टराई : महाजात्रा
४. निश्चल बस्नेत : दिमाग खराब
५. ज्ञानेन्द्र देउजा : उपहार
उत्कृष्ट छायांकार
१. नरेन्द्र मैनाली : फर्की फर्की
२. राजेश श्रेष्ठ : पुजार सार्की
३. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
४. दिमाग खराब : सुसन प्रजापति
५. पुरुषोत्तम प्रधान : महाजात्रा
उत्कृष्ट अभिनेता
१. प्रदीप खड्का : पुजार सार्की
२. अनमोल के.सी. : फर्की फर्की
३. विपिन कार्की : महाजात्रा
४. दयाहाङ राई : नाङ्गो गाउँ
५. सौगात मल्ल : अगस्त्य
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. केकी अधिकारी : बोक्सीको घर
३. अञ्जना बराइली : पुजार सार्की
४. मिरुना मगर : घरज्वाइँ
५. जसिता गुरुङ : फर्की फर्की
उत्कृष्ट सम्पादक
१. सुरेन्द्र पौडेल : फर्की फर्की
२. भरत रेग्मी : पुजार सार्की
३. विपिन मल्ल / भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
४. सुलक्षण भारती / लोकेश बज्राचार्य : बोक्सीको घर
५. निमेष श्रेष्ठ : अगस्त्य
उत्कृष्ट गायिका
१. एलिना चौहान : वा वा वा – उपहार
२. अस्मिता अधिकारी : काले केटाले – ऐंचो पैंचो
३. समीक्षा अधिकारी : बुझिन मैले – बोक्सीको घर
४. शान्ति श्री परियार : दर्शन गरे – पुजार सार्की
५. मेलिना राई : चिरी च्याट्टै – दयारानी
उत्कृष्ट गायक
१. बाबुल गिरी : वा वा वा – उपहार
२. एस डी योगी : सुन सुन सुन्दरी – नाङ्गो गाउँ
३. सुरेश लामा : मायाको खानी – दान्भी
४. प्रकाश सपुत : दर्शन गरे – पुजार सार्की
५. सुगम पोखरेल : हितैको माया – दिमाग खराब
उत्कृष्ट संगीतकार
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छ – उपहार
२. आशिष अविरल : काले केटाले – ऐंचो पैंचो
३. प्रकाश सपुत : बुझिन मैले – बोक्सीको घर
४. एस डी योगी : मायामा तिम्रै मायामा – अगस्त्य
५. राजनराज सिवाकोटी : चिरी च्याट्टै – दयारानी
उत्कृष्ट नव निर्देशक
१. कृषा चौलागाई : ऐंचो पैंचो
२. मोहन राई : महानगर
३. माओत्से गुरुङ : दयारानी
४. सुलक्षण भारती : बोक्सीको घर
५. सविन अधिकारी : गणपति
उत्कृष्ट लेखन
१. बिकास सुबेदी : पुजार सार्की
२. सुयोग गुरुङ : फर्की फर्की
३. प्रदिप भट्टराई : महाजात्रा
४. सौरभ चौधरी : अगस्त्य
५. दिपेन्द्र लामा : नाङ्गो गाउँ