News Desk
काठमाडौं, जेठ २३ | एभरेष्ट इभेन्ट्सद्वारा आयोजित ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२५’ को चौथो संस्करणका १२० जना प्रतियोगीहरूले बिहीवार विश्व वातावरण दिवसको अवसरमा स्वयम्भू भगवानपाउ क्षेत्र वरपर सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन।
प्रतियोगीहरूले सम्पदा संरक्षण र वातावरण स्वच्छता सम्बन्धी जनचेतनालाई प्रोत्साहन गर्न सरसफाइमा सक्रिय सहभागिता जनाएका थिए। आयोजकका अनुसार कार्यक्रममा सहभागीको उद्देश्य ँहाम्रो देशको सांस्कृतिक सम्पदा क्षेत्र र सडक सधैं सफा र सुन्दर रहनुपर्छँ भन्ने सन्देश फैलाउनु रहेको थियो।
यस सामाजिक उत्तरदायित्व मुलक अभियानलाई एभरेष्ट इभेन्ट्स र गुरुकुलम स्कुलको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रमका संयोजक एवम एभरेष्ट इभेन्ट्सका सीईओ कृष्ण श्रेष्ठ (Roben) न्ले सरसफाइमार्फत प्रतियोगीहरूलाई समाजप्रतिको उत्तरदायित्वबोध गराउन प्रेरित गरिएको जानकारी दिए।
कार्यक्रममाN+ professional, राज्य दैनिक, र U&Me Unisex salon पनि सहकार्य गर्दै वातावरण दिवसलाई प्रभावकारी बनाउने प्रयास गरेका थिए।
यसरी सौन्दर्य प्रतियोगिता मात्र नभई सामाजिक सचेतनासँग पनि जोडिएको ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल’ कार्यक्रमले युवाहरूमाझ सकारात्मक प्रभाव विस्तार गर्न थालेको आयोजकको भनाइ छ।