Mr & Miss SEE Fashionista Season 3 सम्पन्न
News Desk
Jun-10 , 2025 तारिख 08:47 बिहान

राइजिङ क्रिएशनको आयोजनामा र मदर्स इन्स्टिच्युटको सहकार्यमा आयोजित Mr & Miss SEE Fashionista Season 3 को ग्राण्ड फिनाले शनिबार (२४ गते) काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम Life OK टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतियोगितामा केभिन कार्की (Mr. Kevin Karki) र सदिक्षा बस्नेत (Miss. Sadikshya Basnet) शीर्ष विजेता घोषित भए। पहिलो उपविजेताको उपाधि महसुस गजमेर (Mr. Mahasus Gajmer) र समृद्धि श्रेष्ठ (Miss. Samriddhi Shrestha) ले हात पारे भने दोस्रो उपविजेतामा समर्थ बस्नेत (Mr. Samarth Basnet) र मिशेल महर्जन (Miss. Mishel Maharjan) चयन भए।

ब्रान्ड एम्बेसडरको रूपमा आमोष श्रेष्ठ (Mr. Aamosh Shrestha) र एरिका सापकोटा (Miss. Erika Sapkota) ले स्थान पाए भने आयोजकको रोजाइ (Organizer’s Choice) बाट विनिता गिरी (Miss. Binita Giri) पुरस्कृत भइन्।

कार्यक्रमले नवप्रतिभा उजागर गर्दै किशोरकिशोरीहरूमा आत्मविश्वास, प्रस्तुति क्षमता र व्यक्तित्व विकासका लागि सशक्त मञ्चको भूमिका निर्वाह गरेको आयोजकले बताएका छन्।

धेरै पढिएको