गायक यमन श्रेष्ठको स्वरमा पहिलो पटक आगो सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक(भिडियो)
News Desk
Oct-04 , 2020 तारिख 12:35 बिहान

गायक यमन श्रेष्ठको स्वरमा पहिलो पटक आगो सम्बन्धि म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आगलागी कसरी हुन्छ र यसबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने सन्देश मुलक गीतको भिडियो आज शनिवार सार्वजनिक गरिएको हो। किशोर कुमार भट्टराईको शब्द चन्दन श्रेष्ठको संगीत, किरण कँडेलको एरेन्ज छ।

आगलागी पश्चात नियन्त्रणका लागी खटिने विश्वभरका फायर ब्रिगेडहरु प्रति समर्पित उक्त गीतको भिडियोमा वरिष्ठ कलाकार मह जोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै सुशील पोखरेल, गायक तथा कलाकार यमन श्रेष्ठ, किशोर कुमार भट्टराई लगायतले अभिनय गरेका छन्।
राम कुमार केसीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको उक्त भिडियोलाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन् ।