News Desk
‘मिस्टर एण्ड मिस एसईई सिजन ९’ कार्यक्रम फेशन इराको आयोजनामा भव्य रूपमा सम्पन्न भएको छ। असार १४ गते काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित यस प्रतियोगिता अत्यन्त उत्साहजनक रूपमा सम्पन्न भएको हो।
प्रतियोगितामा बिभुषित जंग रायमाझी र निर्जरा मिश्रा विजेताका रूपमा घोषित भए। आर्यमन राज अधिकारी र आर्श्री भण्डारी पहिलो उपविजेता (फर्स्ट रनरअप), सौरभ महार्जन र रचना दाहाल दोस्रो उपविजेता (सेकेन्ड रनरअप) तथा एभान्जेलिना मैनाली (सोलो महिला) तेस्रो उपविजेता (थर्ड रनरअप) घोषित भए। यस्तै, नितेश सिंह र परी सिंहले आयोजकको रोजाइ पुरस्कार (Organizers' Choice Award) प्राप्त गरे।
कार्यक्रममा अन्तर्राष्ट्रिय उपाधिहरू पनि प्रदान गरिएका थिए। समृद्धि रिसाललाई ‘इन्टरनेशनल टिन अफ द इयर’, परिका तितुङलाई ‘टिन इन्टरनेशनल नेपाल’ र परी सिंहलाई ‘टिन स्टार इन्टरनेशनल नेपाल’को उपाधिले सम्मान गरियो।
प्रतियोगिताको निर्णायक मण्डलमा सशन कँडेल, कल्पना श्रेष्ठ, अभिषेक वाग्ले, राज डोङ, चहाना राना मगर र रबेका सामेल थिए।
ग्ल्यामर, ऊर्जा र प्रतिभाले भरिएको उक्त कार्यक्रममा फेशन इराका सीईओकी आमा अनिता सिंह र नेपाली क्रिकेटका उदाउँदै गरेका प्रभावशाली खेलाडी रुपेश सिंह प्रमुख अतिथिका रूपमा उपस्थित भई प्रतियोगीहरूलाई प्रेरणा प्रदान गरे। प्रतियोगितामा सहभागी किशोरकिशोरीहरूले स्टाइलिस रनवे वाक, प्रेरणादायी प्रस्तुति र आफ्ना कथा मार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
‘मिस्टर एण्ड मिस एसईई सिजन ९’ केवल सौन्दर्य प्रतियोगिता नभई आत्मविकास, नेतृत्व र अभिव्यक्तिको सशक्त माध्यमको रूपमा पुनः स्थापित भएको आयोजकको भनाइ छ। फेशन इराले नयाँ पुस्तालाई अवसर र अविस्मरणीय अनुभव प्रदान गर्दै सशक्त बनाउँदै जान प्रतिबद्धता पुनः दोहोर्याएको छ।
