News Desk
पोखरा, असार २७, २०८२ | नेपाली गीत, संगीत तथा भ्वाइस डबिङ्गको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि समर्पित गायक तथा संगीतकार श्री विनोद ढकाललाई 'चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२' अन्तर्गत श्रष्टा सम्मान–पत्र प्रदान गरिएको छ।
उपमा सञ्चार प्रा.लि. तथा तेज नेपाल मल्टिमिडिया प्रा. लि. को संयुक्त आयोजनामा आयोजित उक्त राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा ढकाललाई नेपाली गीत, संगीत, डबिङ्ग, कला, साहित्य र समग्र सांस्कृतिक क्षेत्रको उन्नयनमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च सम्मानस्वरूप यो सम्मान प्रदान गरिएको हो।
ढकालले विगत दुई दशकदेखि आफ्नो आवाज, संगीत र रचनामार्फत नेपाली सांगीतिक यात्रा समृद्ध बनाउँदै आएका छन। विशेष गरी भ्वाइस डबिङ्गको क्षेत्रमा उनले स्थापना गरेको ख्यातीले पनि आजको नेपाली मिडिया उद्योगमा विशिष्ट स्थान ओगटेको छ।
कार्यक्रममा प्रमुख अतिथिभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री देवेन्द्र दाहाल, कार्यक्रम संयोजक अमन एकल रामकृष्ण पाण्डे, तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठ, तथा उपमा सञ्चार प्रा। लि। की अध्यक्ष आशा गौतमले संयुक्त रूपमा ढकाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान - हाम्रो अभियान” भन्ने नारासहित आयोजित कार्यक्रमले नेपाली सांस्कृतिक जगत्मा निरन्तर योगदान गरिरहेकाहरूको पहिचान र प्रेरणा जगाउने उद्देश्य राखेको थियो।
समारोहमा विभिन्न क्षेत्रका कलाकार, साहित्यकार, सञ्चारकर्मी, सांस्कृतिक अभियन्ता र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई थप व्यापक बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन।
