News Desk
काठमाडौं, राज्यमै दैनिक – 'ग्ल्यामर रनवे मोडल्स 2025' को पहिलो अडिसन चरण हालै सम्पन्न भएको छ, जहाँ कुल ४० मोडल सहभागी भएका थिए। आयोजक र निर्णायक मण्डलले विभिन्न आधारमा मूल्यांकन गर्दै उत्कृष्ट २५ मोडलहरूलाई छनोट गरेका छन्।
यस प्रतिष्ठित इभेन्टको आयोजन कडा कम्पनी (KODA Company) ले गरेको हो। इभेन्टका आयोजक बिशाल पासवानले दिएको जानकारी अनुसार, शोको उद्देश्य विभिन्न डिजाइनरहरूले विशेष रूपमा तयार पारेका ग्ल्याम ड्रेसहरूलाई मोडलमार्फत प्रस्तुत गर्नु हो, जसले नेपाली फेसन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
छनोट भएका मोडलहरू अब आगामी मुख्य शोमा विभिन्न पोशाकमा र्याम्पमा प्रस्तुत हुनेछन्। उक्त शोमा डिजाइनरहरूले आफ्नो सिर्जनशीलता झल्काउने विशेष पोशाकहरूको प्रदर्शनी गर्ने छन्।
'ग्ल्यामर रनवे मोडल्स 2025' ले नयाँ मोडलहरूलाई प्लेटफर्म प्रदान गर्नुका साथै नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको आयोजक टोलीको भनाइ छ।