गायिका अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक
News Desk
Jul-24 , 2025 तारिख 09:07 बेलुका

काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ(नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । 

यसै क्रममा अन्जु गौतम को आवाजमा  ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायीका अन्जु गौतम को स्वर तथा हरि शिवाकोटीको शब्द रचनामा तयार भएको गीत यहि २०८२ साउन १, बिहिवार सार्वजनिक भएको हो । संगीतकर्मी कुन्दन राईले संगीत, मिक्सिङ र मास्टरिङ  गरेको गीत मौलिक शब्द, संगित, मौलिकता र सांस्कृतीकपन सार्वजनिक भएकोसँगै लोकपृयता बटुलिरहेको छ।

नेपाली हिन्दु नारीहरुको आस्थाको धरोहरका रुपमा रहेको तीजको धार्मीक तथा संस्कृतीक महत्व पनि उत्तिकै रहेको छ । सोही सांस्कृतीक महत्वलाई उजागर गरिएको गीतमा युवा पुस्ताकी चर्चीत कलाकार ज्योति खड्काका साथै अन्जु गौतमको आकर्षक अभिनय देख्न सकिन्छ। बिजय मगरले निर्देशन तथा अनमिका लामिछानेको कोरियोग्राफीले गीतलाई जिवन्त बनाएको छ ।