News Desk
काठमाडौं | लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुति, सङ्गीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत ‘ सिउँदोमा सिन्दुर ’ सार्वजनिक गरिएको छ। यो गीत बिहीवार सुनितामी परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र सङ्गीता परियारको स्वर रहेको छ।
गीतको एरेन्ज महेश पाण्डे, मिक्सिङ विमल छिनाल, रेकर्डिङ लक्ष्मण सेनचुरी स्टुडियोमा गरिएको हो। सिनेमाटोग्राफी बेदप्रसाद पाण्डेले गरेका छन भने गीतको सम्पादन तथा पोस्टर डिजाइन असिम चन्द्र विश्वकर्माले गरेका छन।
रंग संयोजनमा राजकुमार मगर, मेकअप आर्टिस्ट रुबी शर्मा, र कोरियोग्राफी हरीश विश्वकर्माको रहेको छ। पोस्ट–प्रोडक्सन कार्य रेड मून पोस्ट प्रोडक्सनले सम्हालेको हो।
गीतको छायाङ्कन भारतको फिल्म नगरी मुम्बईमा गरिएको हो। यस म्युजिक भिडियोमा अभिनय गर्न पाएकोमा अत्यन्त खुसी लागेको कलाकार नितु कोइरालाले प्रतिक्रिया दिँदै भनिन्, “यस अवसरका लागि निर्माण पक्ष र सम्पूर्ण सहयोगी मित्रहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु।”