News Desk
बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजाले बान्द्रास्थित पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनका अनुसार, सुनीताले गोविन्दामाथि अन्य महिलासँग नाजायज सम्बन्ध राखेको आरोप लगाउँदै विवाह अन्त्य गर्न माग गरेकी हुन्।
हटरफ्लाइको रिपोर्टअनुसार, उनले हिन्दू विवाह ऐन १९५५ को धारा १३ (१) (आई), (आईए) र (आईबी) अन्तर्गत सम्बन्धविच्छेदको निवेदन दिएको उल्लेख गरिएको छ। सोहीअनुसार अदालतले गत मे २५ मा गोविन्दालाई उपस्थित हुन भनिएको थियो। त्यसयता दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको भए पनि, सुनीता नियमित उपस्थित हुँदै आएकी जबकि गोविन्दा भने अदालतमा नदेखिएको खबर छ।
तर, गोविन्दासँग नजिकको एक स्रोतले भने यी आरोपलाई अस्वीकार गरेको छ। भारतीय दैनिक दैनिक भास्करले गोविन्दाका प्रबन्धकको भनाइ उद्धृत गर्दै यो सम्पूर्ण रिपोर्टलाई अफवाह मात्र भएको दाबी गरेको छ।
यसअघि पनि, करिब छ महिनाअघिदेखि नै गोविन्दा र सुनीताको सम्बन्धविच्छेदको चर्चा बलिउडमा चलेको थियो। त्यतिबेला ६१ वर्षीय गोविन्दाको नाम एक मराठी अभिनेत्रींसँग जोडिएको र उनीसँग अफेयर चलिरहेको हल्ला व्यापक बनेको थियो। तर, पछि सुनीता आफैंले सम्बन्धविच्छेद गर्न लागेको खबरलाई निराधार भन्दै अस्वीकार गरेकी थिइन्।