News Desk
काठमाडौ । ४ भाई इन्टरटेन्मेटको प्रस्तुतीमा मेरील्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्का सङ्ग ‘मिट एण्ड ग्रीट विथ प्रदीप खड्का’ कार्यक्रम सम्पन्न भएको छ । करीब ७०–८० जनाको खड्का सँग उनको फिल्मी क्यारीएर, व्यक्तिगत जिवनीको बारेमा बुझ्ने मौका उपस्थितले पाए । उक्त कार्यक्रमा दर्शकहरुले नायक प्रदीप र उनको चलचित्र क्षेत्रमा योगदानको बारेमा प्रश्नोत्तर समेतको भिड थामीनसक्नु थियो त्यस्तै उनीसँग फोटो खिच्ने एवं टिक टक बनाउनेको पनि उस्तै भिड थियो ।
“यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलीएको र आफुले पाएको सम्मान र साथले झन आफुलाई भावुक बनाएको छ” अभिनेता प्रदीप खड्काले भने । ‘कलाकार प्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभुती भएको छ’ उनले थपे ।
उपस्थित नेपाली कलाप्रेमीहरुले पनि परदेशमा आफ्नो कला र कलाधर्मी सङ्ग भेट्न पाउँदा खुशी लागेको भन्दै आयोजक ४ भाई इन्टरटेन्मेटलाई धन्यवाद पनि दिए ।
“मेरील्याण्डको गेथेस्बर्गमा यो कार्यक्रम हामिले पहिलो पटक आयोजना गरेका हौ र यसबाट हामिले कार्यक्रम सफल पनि बनाएउ नेपाली कलाकार र कलालाई सन्सारभर चिनाउने पहिको कदममा हामिले सफलाता हात पारेउ , हामी खुशी छौं” कार्यक्रम आयोजक ४ भाई इन्टरटेनमेन्टका प्रमुख दिवश बनले भने ।
नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा रियल्टर सन्तोष कोइराला लगाएकाले शुभकामना व्यक्त गरेका थिए।