सुदूरपश्चिम सेवा समाज मुम्बईले दीपावली विशेष सांस्कृतिक कार्यक्रम ग​र्ने
News Desk
Oct-20 , 2025 तारिख 11:33 बिहान

मुम्बई ।  भारतस्थित सुदूरपश्चिम सेवा समाज मुम्बईको आयोज​नामा आगामी अक्टोबर २५ र​ २९ मा भव्य दीपावली सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ।

कार्यक्रम मुम्बईको नयाँ मुम्बई र मिरा रोडमा हुने जनाइएको छ। आयोज​कका अनुसार​ कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमका मुख्य आकर्षणमा च​र्चित्स लोक तथा दोहोरी गाय​क राजु प​रियाअर​, गायिका आशा विसी, मोडेल तथा नायिका नितु कोईराला, मोडेल​ एव​म​ डान्सर जिया बटेला, लोकगायक भुपेन्द्र सिंह,डान्स​र​ प्रिया बिक्र​मा  साथै अन्य चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

 साथै, सुदूरपश्चिमको लोकसंस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो सांस्कृतिक जमघटमा “सुदूरपश्चिमको शान, लोकसंस्कृति हाम्रो पहिचान” भन्ने नारालाई मुख्य सन्देशका रूपमा लीएको छ।

आयोजक समाजले कार्यक्रममा सहभागी सबैलाई नेपाली परम्परा अनुसारको सांगीतिक, सांस्कृतिक र मनोरञ्जनात्मक वातावरणमा सहभागी हुन आग्रह गरेको छ। साथै, मदिरा सेवन गरी आउने व्यक्तिलाई प्रवेश निषेध गरिएको सूचना पनि जारी गरिएको छ।

 

धेरै पढिएको